विपद् व्यवस्थापन
बाढी पूर्वतयारी, पूर्वसूचना र विपद् प्रभावित परिवारलाई राहत।
रौतहटमा बागमती लगायतका नदीले बारम्बार बाढी ल्याउँछन्। हामी समुदायलाई विपद् आउनुअघि नै पूर्वसूचना, सुरक्षित स्थान र पारिवारिक आपत्कालीन योजनासहित तयार हुन सहयोग गर्छौं।
विपद् परेको बेला हामी स्थानीय सरकारसँग मिलेर सबैभन्दा बढी आवश्यकता भएका परिवारसम्म राहत पुर्याउँछौं।
